×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्दै, दिउँसो ३ बजे बोलकबोल हुने !

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउनुपर्छ ?  तपाई पनि दिनुहोस् यस्तो सुझाव !
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल राष्ट्र बैंकले ४ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ । राष्ट्र बैंकले ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज आइतबार दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले ९१ दिनका लागि २ अर्ब २३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०७७ मंसिर ९ गते परिपक्व हुनेछ । यस्तै राष्ट्र बैंकले १ वर्ष अवधिको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको  हो । यो ट्रेजरी बिल २०७८ भदौ ८ गते परिपक्व हुनेछ । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: