- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । त्रिभुवन विश्व विश्वविद्यालयले सोमबारबाट लागु हुनेगरी १५ दिनसम्मका लागि सबै सेवा बन्द गरेको छ । त्रिवि कार्यकारीको आइतबार बसेको बैठकले कोरोनाका कारण किर्तिपुरका अधिकाशं वडा सिल भएकाले सबै सेवा १५ दिनसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै त्रिविका रजिष्ट्रार प्रा.डा. पेशल दाहालले अनलाईन कक्षा र घरबाट मिल्ने विद्युतीय सेवाबाहेक सबै काम बन्द गरिएको बताए । त्रिवि अन्तर्गत सबै डीनको कार्यालय, संस्थान, विभाग, निर्देशनालय क्याम्पसलगायत सबै निकायको काम बन्द भएको छ ।