×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी तुलसीपुरमा २ सरकारी कार्यालय र ४ घर सिल !

PRIME CA
GLOBAL IME BANK

कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछी तुलसीपुरमा २ सरकारी कार्यालय र ४ घर सिल !

१२ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । कर्मचारीमा कोरोना संक्रमण देखिएपछि तुलसीपुरमा २ वटा सरकारी कार्यालय र ४ वटा घर सिल गरिएको छ । इलाका प्रशासन कार्यालय, उरहरी स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएपछि कार्यालय सिल गरिएको हो । 
यस्तै संक्रमितहरुको घर र अन्य २ जना संक्रमितहरुको घर पनि सिल गरिएको छ । राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोक, पुरानो बजार क्षेत्र तथा पाखापानी क्षेत्रमा शुक्रबार बिहान ६ बजेदेखि १९ गते राति १२ बजेसम्म सिल गरिएको गाउँपालिकाले जनाएको छ। समुदायमा कोरोना संक्रमण फैलन सक्ने भएकाले उक्त क्षेत्र सिल गरिएको हो । यस अवधिमा होटल, पसल, बैंक तथा वित्तीय संस्था तथा सार्वजनिक यातायातका साधनहरू सञ्चालनमा पूर्णरूपमा रोक लगाइएको छ। गाउँपालिकामा बिहीबार थप एक पुरुषमा कोरोना पुष्टी भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: