×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपकार लघुवित्तले एक लाख २६ हजार कित्ता आइपिओ जारी गर्दै, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

उपकार लघुवित्तले एक लाख २६ हजार कित्ता आइपिओ जारी गर्दै, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट !

Artha Sarokar

१४ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले एक लाख २६ हजार कित्ता आइपिओ जारी गर्ने भएको छ । संस्थाले  प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा एक करोड २६ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्ने लागेको हो । 
संस्थाले उक्त आइपिओ जारी गर्न सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ । साथै, उक्त संस्थाको सेयर रजिष्ट्रारमा पनि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग नियुक्त भएको छ ।
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रोशनी भारती र उपकार लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शारदा कुमारी खत्रीले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक तथा सेयर रजिष्ट्रार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी