×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा निषेधाज्ञा लगाउने तयारी, तिव्र रुपमा फैलियो कोरोना !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उपत्यकामा निषेधाज्ञा लगाउने तयारी, तिव्र रुपमा फैलियो कोरोना !

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने तयारी भइरहेको छ । पछिल्लो समय उपत्यकामा कोरोना भाइरस संक्रमणको उच्च जोखिम देखिएपछि तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लगाउने तयारी गरेका हुन् ।काठमाडौँ र ललितपुरका सिडिओहरुसँग निषेधाज्ञा लगाउने विषयमा छलफल जारी रहेको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले  बताइन् । 
उनले कोरोना संक्रमणदर उच्च दर दिनप्रति दिन बढिरहेकाले सरकारसँग समन्वय गरेर निषेधाज्ञा लगाउने तयारी भएको जानकारी दिइन् । प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार अत्यावश्यकबाहेक सबै गतिविधि बन्द हुने गरी निषेध लागू गर्ने तयारी भइरहेको हो । पछिल्लो समय उपत्यकामा कोरोना संक्रमण तिव्र रुपमा फैलिरहेको छ । अहिले देशका ७७ जिल्लामध्ये आधाभन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: