×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको १२ दिन पुग्यो, उपत्यकाबासीको जनजीवन प्रभावित ! (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी भएको १२ दिन पुग्यो, उपत्यकाबासीको जनजीवन प्रभावित ! (भिडियो रिपोर्ट)

१५ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । काठमाडौं उपत्यकामा जारी रहेको निषेधाज्ञाको आज १२ दिन पुगेको छ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात यता निषेधाज्ञा जारी गरेका छन् । निषेधाज्ञाको १२ दिन पुग्दापनि मानिसहरुले निषेधाज्ञालाई पूर्णरुपमा पालना गरेको देखिएको छ । जनजीवन प्रभावित भएपनि मानिसहरु सरकारले जारी गरेको निषेधाज्ञाको आदेश पालना गर्दै घरभित्रै बसेका छन् । सोमबार उपत्यकाका विभिन्न भागमा पुग्दा लकडाउनको पालना भएको पाइएको हो । उपत्यकाका मुख्य सडकहरुमा सवारी साधनको आवागमन न्यून देखिएको छ । 
सडकमा अत्यावस्यक सेवाका सवारी साधनहरु मात्रै चलेको देखिन्छ । स्वास्थ्य क्षेत्र, एम्बुलेन्स, खाद्य सामग्री, तरकारी, फलफुल, सञ्चार, सुरक्षाकर्मी, विद्युत, खानेपानी, बैंक लगायतका क्षेत्रका सवारीसाधन निर्वाधरुपमा सञ्चालनमा आएका छन् । प्रहरीले मुल सडकका मुख्यमुख्य चोकमा बसेर सवारीसाधनको चेकजाँचलाई कडाई पारेको छ । अत्यावस्यक बाहेकका सवारी साधन चलाएमा प्रहरीले सडकमा होल्ड गरेर कारबाही गरेको देखिन्छ । उपत्यकामा जारी निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । 
उपत्यकाका भित्रि सडक पनि सुनसान देखिन्छन् । विहानको समयमा अत्यावस्यक वस्तु, तरकारी खाद्यान्न लगायतका पसलहरु खुलेका छन् । मानिसहरु अफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गरेको देखिन्छ । तर दिउसो र साँझको समयमा भने कुनैपनि पसलहरु खलेको देखिदैन । उपत्यकाका काठमाडौं भक्तपुर र ललितपुर जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेका छन् । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: