×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

निषेधाज्ञाको ११ औँ दिन, कस्तो छ काठमाडौँ उपत्यकाको अवस्था ? (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञाको आज ११ दिन पुगेको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले भदौ ३ गते मध्यरात देखि उपत्यकाभित्र निषेधाज्ञा जारी गरेका थिए । निषेधाज्ञा जारी भएपछि उपत्यकाको जनजीवन प्रभावित भएको छ । तरपनि मानिसहरुले निषेधाज्ञाको पालना पूर्णरुपमा गरेका छन् । आज (आइतबार) काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा निषेधाज्ञाको पालना भएको पाइएको छ । 
उपत्यकाका मुख्य सडकमा सवारी साधनको आवागमन न्यून देखिएको छ । यस्तै फुटपाथमा पनि मानिसहरुको आवागमन न्यून देखिन्छ । प्रहरीले सवारी साधनको चोकजाँचलाई कडाई पारेको छ । निषेधाज्ञा उलंघन गर्ने सवारी साधनलाई कारबाही स्वरुप दिनभर होल्ड गरेको छ । उपत्यकामा जारी भएको निषेधाज्ञा अटेरी गर्ने क्रम बढेपछि प्रहरीले चेकजाँचलाई कडाई गरेको हो । सडकमा अत्यावस्यक सेवा क्षेत्रका एम्बुलेन्स, स्वास्थ्य, खाद्यान्न, खानेपानी, विद्युत, सञ्चार, तरकारी, फलफुल ढुवानी लगायतका सवारी साधनहरु निर्वाधरुपमा सञ्चालनमा आएका छन् । तर विभिन्न अनलाइन व्यापारका लागि ढुवानी गर्ने सवारी साधनलाई भने प्रहरीले कारबाही गरेको देखिन्छ ।
उपत्यकाका भित्रि सडक क्षेत्र पनि सुनसान रहेका छन् । अत्यावस्यक वस्तु, तरकारी, खाद्यान्न लगायतका पसलहरु विहान ९ बजे सम्म खुलेको देखिन्छ भने दिउसोको समयमा पूर्णरुपमा बन्द रहेका छन् । मानिसहरु विहानको समयमा आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् । औषधि पसलरु भने दिउसकोको समयमा पनि खुलेको देखिन्छ । उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समय भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेका छन् । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: