×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको पाचौं दिन काठमाडौं उपत्यकामा जे देखियो ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ८ भाद्र २०७७, सोमबार

PRIME CA
laxmi sunrise bank

निषेधाज्ञाको पाचौं दिन काठमाडौं उपत्यकामा जे देखियो ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज (सोमबार) पाँचौ दिन पुगेको छ । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि भदौ चार गतेदेखि एक हप्ताका लागि जारीभएको निषेधाज्ञाको आज पाँचौं दिन पुगेको छ । आज पनि उपत्यकाका मुख्य सडक सँर्ग सहायक र भित्रि सडक पनि सुनसान देखिएको छ । 
अत्यावस्यक सेवाका सवारी सधन बाहेकका साधनहरुको आवागमन देखिएको छैन् । उपत्यकाको थापथली, कुपण्डोल, पुल्चोक, जावलाखेल, लगनखेल, मंगलबजार, पाटन लगायतका ठाउँमा पुग्दा मानिसहरुको आवागमन न्यून देखिएको हो । तरपनि सडकका मुख्यमुख्य चोकमा सुरक्षाकर्मी बसेर चेकजाँचलाई कडाई पारेका छन् । सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, बैंक, विद्युत, खानेपानी लगायत अत्यावस्यक सेवाका सवारी साधनहरु सञ्चालनमा आएको देखिन्छ । 
भित्रि सडकमा पनि सवारी साधनको आवागमन देखिएको छैन भने केही अत्यावस्यक खाद्यान्नका पसल र औषधि पसलहरु खुलेको देखिन्छ । मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनेमल गरेको देख्न सकिन्छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले गत बिहीबारदेखि निषेधाज्ञा जारी गरेका हुन् । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: