×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निषेधाज्ञाको आठौं दिन, कस्तो छ काठमाडौँ उपत्यकाको अवस्था ? (भिडियो रिपोर्ट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

निषेधाज्ञाको आठौं दिन, कस्तो छ काठमाडौँ उपत्यकाको अवस्था ? (भिडियो रिपोर्ट)

Artha Sarokar

११ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले उपत्यकामा जारी गरेको निषेधाज्ञाको आज (बिहीबार) आठौं दिन पुगेको छ । काठमाडौं उपत्यकामा कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि भदौ ३ गते मध्यरात देखि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेका थिए । यस्तै बुधबार फेरी एक साताका लागि निषेधाज्ञा थप गरी भदौ १७ गते मध्यरात सम्मका लागि कायम गरेको छ । निषेधाज्ञाका कारण उपत्यकाका मूख्य सडकसँगै भित्रि सडकहरु पनि सुनसान देखिन्छन् । अत्यावस्यक कामका लागि बाहेक मानिसहरु घर बाहिर निष्कन पाएका छैनन् । सवारीसाधानको आवागमन पनि निकै न्यून छ । 
प्रहरीले मुख्य सडकको चोकचोकमा बसेर सवारी साधनको चेकजाँचलाई कडाई गरेको छ । बिहीबार उपत्यकाको बानेस्वर, तीनकुने, सिनामंगल, एयरपोर्ट, गौशाला, ज्ञानेश्वर लागयतका ठाउँमा पुग्दा सवारी साधनको आवागमन न्यून देखिएको छ । फुटपाथमा मानिसहरुको आगावमन पनि निकै न्यून छ । सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, बैंक, विद्युत, खानेपानी लगायत अत्यावस्यक सेवाका सवारी साधनहरु मात्रै सञ्चालनमा आएको देखिन्छ । 
भित्रि सडकमा पनि सवारी साधनको आवागमन न्यून छ भने अत्यावस्यक खाद्यान्न, दुध लगायतका पसलहरु विहान ९ बजे सम्म खुलेका छन् । उपत्यकाका तीनवटै जिल्लाका प्रशासनले विहान सवा ९ बजेसम्म खाद्यन्न लगायतका पसलहरु सञ्चालन गर्न दिने निर्णय गरेको थियो । त्यसैले विहानको समयमा मानिसहरु आफ्नो घर नजिकको पसल सम्म पुगेर किनेमल गर्ने गरेका छन् । हेर्नुहोस् भिडियो :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी