×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भिडियोमा हेर्नुहोस् निषेधाज्ञापछीको सुनसान काठमाडौँ उपत्यका ! (भिडियो रिपोर्ट)

PRIME CA

भिडियोमा हेर्नुहोस् निषेधाज्ञापछीको सुनसान काठमाडौँ उपत्यका ! (भिडियो रिपोर्ट)

४ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्यूरो 
काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले गएरातिबाट सुरु हुने गरी उपत्यकाभित्र निषेधाज्ञा जारी गरेको छ । उपत्यका लगायत देशभरी नै पछिल्लो केही दिनयता संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमणको दर बढ्दै गएपछि गएरातिबाट निषेधाज्ञा जारी गरिएको हो । गएरातिबाट तीन वटै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी भएपनि उपत्यका सुनसान देखिएको छ । आज अत्यावश्यक बाहेकका सवारी साधान सञ्चालनमा प्रतिवन्ध लगाइएको छ । 
अत्यावश्यक सेवाका सवारी साधन भने चलिरहेका छन् । निषेधाज्ञा लागू गराउन ठाउँठाउँमा सुरक्षाकर्मीहरू खटिएका छन् । सुरक्षाकर्मीहरु प्रत्येक चोक र गल्लीहरुमा परिचालन भएका छन । प्रशासनले निषेधाज्ञा पालना नगर्नेहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । सडकमा पैदल यात्रुसमेत अत्यन्त न्यून मात्रमा देखिएका छन् । निषेधाज्ञा उल्लङ्घन गरेर यात्रा गर्नेहरुलाई होल्डिग सेन्टरमा राखेको छ ।चेकजाँचका क्रममा बैंकका कर्मचारीहरुलाई समेत प्रहरीले रोकेको छ । 
निषेधाज्ञा अवधिभरी पसलरुपनि बन्द गर्न भनिएको छ । विहान ७ बजेसम्म मात्रै खाद्यन्न लागयतका पसलहरु सञ्चालन गर्न दिइएको छ । निषेधाज्ञा भदौ १० गतेसम्म जारी रहनेछ । हिजो मात्रै उपत्यकामा १५९ जना कोरोना संक्रमित थपिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार आजसम्म काठमडौंमा १ हजार ९ सय ८७, ललितपुरमा १ सय ५० र भक्तपुरमा १ सय ७१ संक्रमित रहेका छन । देशभरी संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ । यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय २० पुगेको छ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: