×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपत्यकामा निषेधाज्ञा एक साता थपियो !

GLOBAL IME BANK

उपत्यकामा निषेधाज्ञा एक साता थपियो !

१० भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप  एक हप्ता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफल गरी काठमाडौं उपत्यकामा निषेधाज्ञा थप एक हप्ता लम्ब्याउने निर्णय गरेका हुन् ।
काठमाडौं उपत्यकामा अब निषेधाज्ञा १७ भदौसम्म कायम रहने छ । उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा संक्रमण बढेको भन्दै ३ भदौदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेका थिए । निषेधाज्ञाको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: