
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । ६ महिनाअघि सरकारले सिल गरिएको पानी उद्योगबाट निरन्तर उत्पादन र बिक्री भइरहेको खुलेको छ । बालाजु औद्योगिक क्षेत्रभित्र रहेको त्रिकोण बेभरेज पानी उद्योग सरकारी सिल तोडेर सञ्चालनमा आएको हो । पानी प्रशोधन र जारको गुणस्तरमा कैफियत देखिएपछि विभागले गत फागुनमा कम्पनीको आक्वा ९९ नामको पानी बिक्रीमा रोक लगाएको थियो ।
सोमबार काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण विभागले गरेको अनुगमनमा उद्योगले सिल नखुल्दै नी उत्पादन र बिक्रि गरिरहेको पाइएको हो । उद्योगका सञ्चालक सुरेन्द्र श्रेष्ठले अनुगमन समितिसँग अनुमति लिएरै उद्योग सञ्चालन गरेको दाबी गरेपनि कागज पत्र भने देखाउन नसकेको महानगरले जनाएको छ ।उद्योग तत्कालका लागि बन्द गर्न निर्देशन दिएर उद्योगीलाई कागज पत्रसहित महानगरमा हाजिर हुन अनुगमन समितिले निर्देशन दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्