×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विश्वमा २ करोड २० लाख बढीमा कोरोना संक्रमण, निको हुनेको संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विश्वमा २ करोड २० लाख बढीमा कोरोना संक्रमण, निको हुनेको संख्या कति ?

२ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड २० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड २० लाख ६२ हजार ५४१ पुगेको छ । कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ७ लाख ७७ हजार ६६८ पुगेको छ । हालसम्म १ करोड ४८ लाख ५ हजार १९१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । 
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो नम्बरमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: