×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

GLOBAL IME BANK

संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

३ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । संघीय संसद सदस्य यज्ञबहादुर बोगटीलाई कोरोना संक्रमण पुष्टी भएको छ । ललितपुरमा उनी बस्ने टोलका एक जनालाई कोरोना संक्रमण भएपछि साउन ३० गते शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा स्वाबको नमुना दिएका थिए । उहाँको साउन ३२ गतेको पहिलो रिपोर्ट नेगेटिभ आएको थियो भने भदौ २ गते अर्को रिपोर्ट आएको थियो ।
कोरोना भाइरस भएको पुष्टि भएपछि उनी कीर्तिपुरस्थित आयुर्वेद अस्पतालको आइसोलेसनमा छन् । बोगटी साउन १७ गते अछामबाट फर्किएका थिए । उनका अनुसार साउन २५ गतेसम्म सिंहदरबारमा संसदीय समितिको बैठकहरुमा गइरहेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: