×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल भदौं २० गते सकिँदै, को बन्ला नयाँ अर्थमन्त्री ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अर्थमन्त्री युवराज खतिवडाको कार्यकाल भदौं २० गते सकिँदै, को बन्ला नयाँ अर्थमन्त्री ?

Artha Sarokar

३२ श्रावण २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको अर्थमन्त्री पद भदौं २० सकिने भएको छ । खतिवडा २०७४ साल फागुन २१ गते राष्ट्रिय सभाको पहिलो बैठकबाट दुई वर्षे कार्यकालका लागि नियुक्त भएका थिए । उनको पदावधी गत माघमा सकिएको थियो तर गत वर्षको फागुन २० गतेभित्रमा पुनः राष्ट्रिय सभाको सदस्यमा सिफारिस नहुँदा सोही दिन राजिनामा गरेर भोलिपल्ट पुनः अर्थमन्त्री पदमा नियुक्त भएका थिए ।
नेपालको संविधान २०७२ मा सांसद नभएको व्यक्ति छ महिना भन्दाबढि समय मन्त्री पदमा बहाल रहन नसक्ने व्यवस्था छ । सोही अनुसार भदौं २० गतेपछि उनि अर्थमन्त्री पदमा नरहने भएका हुन् । पछिल्लो आठ महिनादेखि खतिवडाले दुई वटा मन्त्रालयको जिम्मेवारी निभाइरहेका छन् । खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभामा लैजान चाहे पनि लैजान सकेका छैनन् । राष्ट्रिय सभामा लैजान नसकेमा खतिवडाको अर्थमन्त्री पद भदौं २० गतेबाट सकिनेछ । स्रोतका अनुसार मन्त्रीमण्डल पुनर्गठन हुँदा अर्थमन्त्रीको रुपमा युवराज खतिवडाले निरन्तरता पाउने छैनन् । अबको अर्थमन्त्री पदमा विष्णु पौडेल आउने सम्भावना रहेको बताइएको छ । पौडेलले यसअघि पनि अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी