- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का भएको छ । लघुवित्तले अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता गरेसँगै नेप्सेले आजदेखि सेयर कारोबार रोक्का गरेको हो । गत शुक्रबार आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र शालिग्राम लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा मर्ज हुने सम्झौता भएको थियो ।
अन्य दुई कम्पनी भने अझै सुचीकृत भएका छैनन् । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको १०० कित्ता शेयर बराबर सिवाईसी नेपाल लघुवित्तको १०० कित्ता र शालिग्राम लघुवित्तको ८५ कित्ता शेयर स्वाप अनुपातमा यी तीन लघुवित्त एक आपसमा मर्ज हुन लागेका हुन्।