Skip to content
LAXMI SUNRISE BANK

अछाममा कोरोना संक्रमित एक पुरुषको मृत्यु, ज्यान गुमाउनेको संख्या कति पुग्यो ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
डडेल्धुरा । अछाममा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । शनिबार साँझ जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका-३, बर्दादेवीका ३४ वर्षीय पुरुषको मृत्यु भएको हो । डोटी अस्पताल प्रयोगशालामा शुक्रबार भएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देवदत्त जोशीले बताए।
श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जिल्ला अस्पताल अछाम लगिएको थियो। उनको शव आइतबार नेपाली सेनाले व्यवस्थापन गर्दैछ।  उनी भारतबाट आएर गाउँपालिकाले बनाएको आइसोलेसनमा बसेका थिए । योसँगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK