×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘विज्ञापनको दररेटको सम्बन्धमा नेपाली मिडिया अझैपनि स्पष्ट हुन सकेका छैनन्’ : अध्यक्ष रिजाल (भिडियो रिपोर्ट)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलवार

PRIME CA
laxmi sunrise bank

‘विज्ञापनको दररेटको सम्बन्धमा नेपाली मिडिया अझैपनि स्पष्ट हुन सकेका छैनन्’ : अध्यक्ष रिजाल (भिडियो रिपोर्ट)

 

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 

 

काठमाडौँ । नेपाल विज्ञापन संघका अध्यक्ष रबिन्द्र रिजाल (शशि) ले नेपाली मिडिया विज्ञापनको दररेटको सम्बन्धमा अझैपनि स्पष्ट हुन नसकेको बताउनुभएको छ । नवगठित मिडिया एलायन्सका पदाधिकारीहरुको स्वागत गर्न सोमबार संघले काठमाडौंमा आयोजना गरको कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले मिडियामा हुने विज्ञापनको दररेट कति हो भन्ने सम्बन्धमा अझैपनि स्पष्ट हुन नसकिएको बताउनुभएको हो ।
विज्ञापन बोर्ड गठन भए मात्रै सबै मिडियाका विज्ञापनको दररेटको सम्बन्धमा नियमन हुने पनि उहाँको भनाइ छ । विज्ञापन बोर्ड गठन नभएसम्म विज्ञापनको दररेटको निक्र्यौल हुन नसक्ने पनि उहाँले बताउनुभयो । त्यसैले विज्ञापन संघले सरकारसँग सँधै विज्ञापन बजारलाई नियमन गर्ने निकायको रुपमा विज्ञापन बोर्ड गठन गर्न माग गर्दै आएको बताउनुभयो ।
विज्ञापनको क्षेत्रमा नियामक निकाय नहुँदा आफुहरुलाई सँधै दोसी देखाउने गरिएको पनि अध्यक्ष रिजालले बताउनुभयो । उहाँले सरकारसँग विज्ञापनसँग सम्बन्धित विज्ञता नहुँदा विज्ञापनमा व्यवसायिकता देखिन नसकेको उहाँले बताउनुभयो । सरकारले अवस्था बुझेर नियामक निकाय ल्याएमा थप ७ अर्बको व्यवसाय विस्तार हुने पनि उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: