×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, संक्रमितको संख्या कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघ्यो, संक्रमितको संख्या कति ?

७ आश्विन २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या २ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा २ लाख ७८६ जना कोरोना संक्रमितको मृत्यु भएको जनाएको छ । मंगलबार अमेरिकामा थप ९६९ संक्रमितको मृत्यु भएसंगै मृतक संख्या २ लाख बढी पुगेको हो । यो संख्या कोरोनाबाट मृत्यु हुनेमा विश्वमै सबभन्दा बढी हो । 
मंगलबार ३५ हजार ६९६ संक्रमित थपिएसँगै कोरोनाबाट संक्रमित हुनेको संख्या ६८ लाख ९६ हजार २१८ पुगेको छ। जसमध्ये २६ लाख ४६ हजार ९५९ निको भइसकेका छन् । अमेरिकामै सबभन्दा बढी संक्रमित पनि रहेका छन्।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: