×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा फुटबल गतिविधि अनिश्चित बन्दै, काठमाडौं आएका खेलाडी निराश हुँदै घर फर्किए ! (भिडियो रिपोर्ट)

अर्थ सरोकार

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार

PRIME CA

नेपालमा फुटबल गतिविधि अनिश्चित बन्दै, काठमाडौं आएका खेलाडी निराश हुँदै घर फर्किए ! (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । युरोपियन राष्ट्रमा यतिबेला खेलाडी बजारले फुटबल तरङ्गित बनाएको छ । अन्तर्राष्ट्रिय स्तरमा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गतिविधि फर्किएका छन् । केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीब्रता दिइरहेका छन् । तर नेपालमा भने अझै अनिश्चित छ । सरकारले जारी गरेको निर्देशनका कारण फुटबल भर्चुअलमा खुम्चिँदै छ । 
एसियाली राष्ट्रमा महामारीको प्रकोप नदेखिएको भए यति वेला राष्ट्रिय टोलीले कतार विश्वकप छनोटका लागि अभ्यासलाई तीब्रता दिइरहेको हुन्थ्यो । अभ्यास थाल्न नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौ उपत्यका र उपत्यका भन्दा बाहिर गएका खेलाडीलाई भेला पनि पारेको थियो । तर विश्वकप छनोट खेल स्थगित भएपछि काठमाडौं आएका खेलाडी निराश हुँदै घर फर्किए । फुटबलमा फर्किन आतुर भएका खेलाडी फिटनेसको विषयमा चिन्तित देखिएका थिए । अहिले अन्यौलको अवस्थामा प्रदेशका प्रशिक्षकहरुबीच अनलाइन मिटिङ गरिरहेको र जिल्लाका प्रदाधिकारीहरुसँग पनि छलफलको क्रममा रहेको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताउनुभयो । छलफल पछि कसरी अगाडी बढ्ने भन्ने विषयमा निर्णय हुने उहाँको भनाई छ । 
खेलाडी फुटबलमा फर्किन आतुर भए जस्तै एन्फा पनि गतिविधि सुचारु गर्न आतुर नै छ । तर सरकारले लगाएको अंकुस र महामारीले गर्दा अन्योल देखिएको छ । एन्फाले सरकारबाट अनुमति पाए डब्ल्यूएचओ र फिफा गाइडलाइनलाई पूरा गर्दै फर्किन सकिने अध्यक्ष शेर्पाले बताउनुभयो । 
युरोपमा कोरोना कहरकै बीच फुटबल सहित खेलकुद गतिविधि सञ्चालनमा आईसक्दा छिमेकी देशहरुमा समेत डब्ल्यूएचओको प्रोटोकल अनुसार खेलकुद गतिविधि अघि बढ्न खोज्दैछन । तर नेपालमा भने खेलाडी घरेलु अभ्यासमा सिमित छन् । खेलकुदका जिम्मेवार निकायले कोरोना कहरको कारण देखाउँदै विकल्पको बाटो नदेखाउने हो भने प्रतियोगितामा सहभागि हुन खेलाडीलाई फिटनेसको समस्य अवस्य देखिन्छ । त्यसको असर नतिजमा सहज पर्नेछ । हेर्नुहोस् भिडियो : 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: