×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फुटबलर एरिक विष्ट १९ दिनपछी संक्रमण कोरोना मुक्त, भन्छन् ‘उच्च मनोबलकै कारण कोरोनालाई जित्न सकिने रहेछ’ (भिडियो)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

फुटबलर एरिक विष्ट १९ दिनपछी संक्रमण कोरोना मुक्त, भन्छन् ‘उच्च मनोबलकै कारण कोरोनालाई जित्न सकिने रहेछ’ (भिडियो)

Artha Sarokar

१८ भाद्र २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो 
काठमाडौँ । नेपालमा हुने भनेको विश्वकप छनोटको खेलका लागि फागुन अन्तिम साता राष्ट्रिय टोलीका ३४ खेलाडीको कोरोना परिक्षण भएको थियो । ३३ खेलाडीको कोरोना रिर्पोट नेगेटिभ आउँदा एक खेलाडी एरिक विष्टको रिपोर्ट पोजेटिभ देखिएको थियो । १९ दिन लामो आइसोलेसन बसाई पछि गरिएको कोरोना परिक्षण पछि अहिले एरिक विष्ट कोरोना मुक्त भएका छन् ।
सरकारले निषेधाज्ञा जारी गर्नु अगाडी नै नेपालमा हुने कतार विश्वकप छनोटको दोस्रो लिगका लागि फुटबलको अभ्यास सुरु गर्ने तयारी गरेको थियो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेअनसार सुरक्षाका मापदण्ड अपाउँदै खेलाडीहरुलाई अभ्यासमा फर्काउन अखिल नेपाल फुटबल संघ (एन्फा) ले तयारी गरेको थियो । तर समुदाय स्तरमा कोरोनाको संक्रमण फैलिएसँगै प्रशासनले निषेधाज्ञा गरेपछि अभ्यास स्थगित भएको थियो । अभ्यास अगाडी गरिएको पीसीआर परीक्षणमा ३४ जना खेलाडी मध्ये एरिक विष्टलाई कोरोना पोजेटिभ देखिएको थियो । अभ्यासपूर्व गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपनि कुनै लक्षण भने नदेखिएको उनले बताए ।
१९ दिन पछि अहिले उनी कोरोना मुक्त भएका छन् । घरायसी बसाईलाई नै आइसोलेसन बनाएका एरिकले अहिले कोरोनालाई जितेका छन् । बुधबार टेकु अस्पतालले कोरोना पुनः परिक्षणको रिपोर्ट नेगेटिभ आएको भन्दै खबर गरेको उनले बताए । बीचको अवधिमा सबै तिर कोरोना भएको भन्दै आफन्त र साथी भाइले सोध्दा आपूm खिन्न भए पनि मनोबललाई उच्च राख्न इन्टरनेटको सहायता लिएको र उच्च मनोबलकै कारण कोरोनालाई जित्न सफल भएको उनको अनुभव छ ।
विष्टले कोरोना सामान्य फ्लू भएको र यसबाट बच्नका लागि सामाजिक दूरीलाई कायम राख्नु पर्ने सुझाव दिएका छन । मानिसमा पोजेटिभ देखिने वित्तिकै डराउनु नपर्ने उनको भनाई छ । यस अघि स्क्वासका एक प्रशिक्षकमा पनि कोरोना पोजेटिम देखिएको थियो । हाल उनी अहिले मुक्त भइसकेका छन । हेर्नुहोस् भिडियो : 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी