×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइसोलेसनबाट फरार कोरोना संक्रमित काभ्रेबाट पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइसोलेसनबाट फरार कोरोना संक्रमित काभ्रेबाट पक्राउ

Artha Sarokar

४ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको नियन्त्रणबाट फरार भएका कोरोना संक्रमित पक्राउ परेका छन् । ब्युरोको टोलीले लागूऔषध सम्बन्धी कसुरका प्रतिवादी रमेश तामाङलाई पक्राउ गरेको हो । काभ्रेको सिउरिनीमा लुकेर बसेको अवस्थामा उनलाई गएराति पक्राउ गरिएको ब्युरोले जनाएको छ । तामाङको घर काभ्रेको नमोबुद्ध नगरपालिकामा हो ।
उनी शुक्रबार बिहान पौने २ बजे आइसोलेसन कक्षबाट हत्कडी फुकालेर फरार भएका थिए । शौचालय गएका वेला उनी फरार भएको भनिएको थियो । ब्युरोका एसएसपी दिलिपकुमार चौधरीका अनुसार बसुन्धारास्थित आइसोलेसनमा तामाङसहित १४ जना संक्रमित थुनुवालाई राखिएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी