
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको नियन्त्रणबाट फरार भएका कोरोना संक्रमित पक्राउ परेका छन् । ब्युरोको टोलीले लागूऔषध सम्बन्धी कसुरका प्रतिवादी रमेश तामाङलाई पक्राउ गरेको हो । काभ्रेको सिउरिनीमा लुकेर बसेको अवस्थामा उनलाई गएराति पक्राउ गरिएको ब्युरोले जनाएको छ । तामाङको घर काभ्रेको नमोबुद्ध नगरपालिकामा हो ।
उनी शुक्रबार बिहान पौने २ बजे आइसोलेसन कक्षबाट हत्कडी फुकालेर फरार भएका थिए । शौचालय गएका वेला उनी फरार भएको भनिएको थियो । ब्युरोका एसएसपी दिलिपकुमार चौधरीका अनुसार बसुन्धारास्थित आइसोलेसनमा तामाङसहित १४ जना संक्रमित थुनुवालाई राखिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्