- अर्थ सरोकार सम्बाददाता
बाँके । बबई बहुमुखी क्याम्पस, गुलरिया बर्दियाका क्याम्पस प्रमुख बिनोद अग्रवालको कोरोना भाइरसका कारण मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टी भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बर्दियाका ५२ बर्षिय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन् ।