×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

GLOBAL IME BANK

बैतडीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी, जिल्लामा संक्रमितको संख्या कति पुग्यो ?

३० भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
बैतडी । बैतडीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । डडेल्धुरा प्रयोगशालामा गरिएको परिक्षणमा दशरथचन्द नगरपालिका ७ का ६ जना र डिलाशैनी गाउँपालिका ७ का २ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए । भदौ १९ गतेपछि संक्रमण नदेखिएको बैतडीमा मंगलबार ८ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमण पुष्टी भएका सबै भारतबाट फर्किएर होम क्वारेन्टाइनमा बसिरहेका र अब उनीहरुलाई आइसोलेसनमा राखिने सम्बन्धित स्थानीय तहले जनाएको छ । सोमबार मात्रै संक्रमित शून्य रहेका बैतडीमा मंगलबार थप ८ जनामा संक्रमण देखिएपछि जिल्लामा संक्रमितको संख्या ३८३ जनामा पुगेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: