
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । भोलि शनिबार उपत्यकाका केहि क्षेत्रमा लाइन नआउने भएको छ । नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रअन्तर्गत पर्ने काठमाडौं महानगरपालिकाका वडा नं १५, १६ र तारकेश्वर नगरपालिकाका केही स्थानमा शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली काटिने भएको हो ।
उक्त क्षेत्रमा विद्युत् आपूर्ति गर्ने विष्णुमती फिडरभित्रको ११ केभी लाइन रिङरोड एरियामा सार्नुपर्ने भएकाले विद्युत् आपूर्ति बन्द हुने भएको हो । प्राधिकरणका अनुसार बनस्थली, गंगाहल, माछापोखरी, बालाजु बाइपास, वसन्तनगर, न्यायिक प्रतिष्ठान, मनमैजु, लोकतान्त्रिक चोक, इन्द्रायणी पुलसम्मको क्षेत्रमा बिजुली काटिने भएको छ ।
तोकिएको समय अघि नै काम सकिएमा भने छिट्टै विद्युत आपूर्ति सुचारु हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्