×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दो, संक्रमितको संख्या १ हजार ४१५ पुग्यो

GLOBAL IME BANK

बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दो, संक्रमितको संख्या १ हजार ४१५ पुग्यो

२८ भाद्र २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
नेपालगन्ज । बाँकेमा हालसम्म कोरोना पोजेटिभ हुनेको संख्या १ हजार ४ सय १५ पुगेको छ । तीमध्ये ९ सय ८४ जना भने निको भइसकेका छन् । हाल क्वारेन्टाइनमा २ सय ३ जना रहेका छन् भने आइसोलेशनमा ४ सय २३ जना रहेका छन् । ८ जनाको भने संक्रमणका कारण मृत्यु भइसकेको छ ।
यस्तै बाँकेमा हालसम्म पिसिआर जाँच गरिएकाको संख्या २२ हजार ६ सय ५६ जना रहेको छ । हाल ४ जना भने आइसियुमा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी गराउनुभयो । बाँकेमा लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमित पनि थपिँदै गएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: