×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँकेमा कोरोनाबाट ५९ वर्षीय पुरुषको मृत्यु, जिल्लामा ज्यान गमाउनेको संख्या कति ?

PRIME CA

बाँकेमा कोरोनाबाट ५९ वर्षीय पुरुषको मृत्यु, जिल्लामा ज्यान गमाउनेको संख्या कति ?

२२ भाद्र २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

बाँके । बाँकेको नेपालगञ्जमा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–९ का ५९ वर्षीय युवराजविक्रम घलेको कोरोनाबाट मृत्यु भएको जनाइएको छ । उपमहानगरपालिकामा स्टोरकिपरमा कार्यरत मृतक घलेलाई तीन वर्षदेखि मधुमेह र पाँच वर्षदेखि मुटुरोगको समस्या थियो ।
यही भदौ १२ गते घलेको स्वास्थ्यमा समस्या देखिएपछि भोलिपल्ट कोरोना जाँचका लागि स्वाब लिइएको थियो । भदौ १५ गते पिसीआर रिपोर्ट पोजिटिभ देखिएपछि घले आफैँले पैसा तिर्ने गरी बनाइएको इन्द्रेणी होटलको आइसोलेसन सेन्टरमा बसेका थिए । उहाँको भदौ १८ गतेदेखि मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । -रासस
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: