
- अर्थ सरोकार सम्बाददाता
बाँके । बाँकेमा उत्पादन भएको तरकारीले सहज बजार पाउन सकेको छैन । गाउँमा उत्पादन भएको तरकारीले बजार नपाउँदा किसानहरु मर्कामा परेका छन् । बजारसम्म तरकारी बिक्रीका लागि पुर्याउन नसक्दा खेतबारीमै सस्तो मूल्यमा तरकारी बिक्री गर्न किसानहरु बाध्य छन् । अहिले बसन्ते तरकारी उत्पादनको समय हो । यो सिजनमा बाँकेमा एक हजार ७५० हेक्टरमा तरकारी खेती हुन्छ भने सरदर २१ हजार मेट्रिक टन उत्पादन हुने गरेको छ ।
यो सिजनमा बाँकेमा लौका, करेला, भिन्डी, बोडी, टमाटर, काँक्रा, सागलगायतको तरकारी उत्पादन हुने गर्दछ । सबैभन्दा बढी काँक्रा खेतीमा संलग्न जिल्लाका किसानलाई मर्का परेको छ । पटकपटकको निषेधाज्ञाका कारण बिक्रीका लागि थोक बजारसम्म तरकारी पुर्याउन नसक्दा किसानहरु मर्कामा परेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ ।
निषेधाज्ञाका कारण बाँकेमा उत्पादन भएको तरकारी किसानलाई बिक्री गर्न मात्रै समस्या छैन, किसानहरुले बिषादी तथा मलसमेत सहज तथा सुलभ तरिकाले पाएका छैनन् भने खेतीबारीमा काम गर्न आउजाउमा पनि समस्या भइरहेको उनीहरुको गुनासो छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्