Skip to content
LAXMI SUNRISE BANK

बाँकेमा थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या ८ पुग्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
बाँके। बाँकेमा मंगलबार थप एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । अर्घाखाँचीको सितगंगा नगरपालिका ४२ वर्षीय पुरूषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार गम्भीर खाले निमोनियाको कारण उनको मृत्यु भएको हो । कोरोना आशंका लागेर भदौ ४ गते स्वाब संकलन भएको र भदौ ५ गते उनको रिपोर्ट पोजेटिभ आएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए। योसँगै बाँकेमा कोरोना संक्रमित ८ जनाको मृत्यु भएको श्रेष्ठले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK