×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बैकिङ कसुरमा ६ दिन कैद र ५० लाख जरिवाना तोकिएका अभियुक्त पक्राउ, जिल्ला अदालत कास्कीमा पेश गरियो !

  • अर्थ सरोकार सम्बाददाता 
कास्की । बैंकिङ कसुर मुद्दामा फरार रहेका एक जना पक्राउ परेका छन् । प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका कास्की रुपा गाउँपालिका-५ देउराली बस्ने ५७ वर्षीय केश बहादुर गुरुङलाई आइतबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७६ चैत १० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका-६ बाट पक्राउ गरेको हो । 
उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: