×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सा र बारामा थप २० जनामा कोरोना पुष्टी, पर्सामा मृत्यु हुनेको संख्या ३८ पुग्यो

GLOBAL IME BANK

पर्सा र बारामा थप २० जनामा कोरोना पुष्टी, पर्सामा मृत्यु हुनेको संख्या ३८ पुग्यो

१६ भाद्र २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा भदौ १५ गते ४ सय १० वटा स्वाब नमुना परीक्षण गर्दा २० जनामा कोरोना पुष्टी भएको हो । 
जिल्ला प्रशासन कार्यालय पर्साले सार्वजनिक गरेको विवरण अनुसार पीसीआर पोजेटिभ २० जनामध्ये १८ जना पर्साका र २ जना बाराका छन् । पछिल्लो पटक १८ जना संक्रमित थपिएसँगै पर्सा जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार २ सय १४ पुगेको छ । यसअघि पर्सामा ४ सय ९० जना महिलासहित २ हजार १ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । कोभिड–१९ का कारण पर्सामा मात्रै ३८ जनाको मृत्यु भइसकेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: