
- अर्थ सरोकार सम्बाददाता
धनगढी । कैलालीमा सशस्त्र प्रहरीले साढे ७ लाख बढि मुल्यको अवैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बिओपी बंगराकटानको गस्ती टोलीले जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ को गौरी कटान ईलाकाबाट सात लाख ६० हजार आठ सय मूल्य बराबरको अवैध सामान बरामद गरिएको हो ।
बरामद गरिएका सामानमध्ये लेडिज लेहगां, सुटपिस, कुर्ती र साडी लगायतका लेडिज कपडा रहेको छ । यस्तै सशस्त्र प्रहरी बल नम्बर ३४ कै मातहतको बिओपीबाट खटिएको टोलीले कैलारी गाउँपालिका वडा नम्बर ३ को ग्रोबेला घाटबाट थप ६४ हजार ६ सय ५० रुपैँया बराबरको भन्सार छलीको साईकलका विभिन्न पार्टस तथा सुर्तीजन्य सामाग्री बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीलाई बुझाएको सशस्त्र प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्