×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बर्दियामा कोरोना जित्‍नेको संख्या बढ्दै, घर फर्किनेको संख्या कति ?

PRIME CA

बर्दियामा कोरोना जित्‍नेको संख्या बढ्दै, घर फर्किनेको संख्या कति ?

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
गुलरिया । बर्दियामा कोरोना संक्रमणलाई जित्‍नेको संख्या बढ्दै गएको छ । जिल्लामा ३ सय ५७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । गुलरिया नगरपालिकाका ६४ जना संक्रमितमध्ये ५२ जना घर फर्केको र १२ जना उपचाररत छन् । त्यस्तै मधुवन नगरपालिकामा ६४ जना संक्रमित, ५० जना निको र १३ जना आइसोलेसनमै छन् । स्वास्थ्य कार्यालय बर्दियाको तथ्यांक अनुसार बर्दियामा ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो 
बाँसगढी नगरपालिकामा सबैभन्दा बढी संक्रमित फेला परेका छन् । १ सय ६२ जना संक्रमित मध्ये ४८ जना निको भएका र १ सय १४ जना उपचारकै क्रममा रहेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । राजापुर नगरपालिकामा ४० संक्रमित, ३५ निको, ५ जना आइसोलेसन, बारबर्दिया नगरपालिका ४४ संक्रमित, २८ निको र १६ जना उपचारमा छन् । त्यस्तै ठाकुरबाबा नगरपालिकामा ४७ संक्रमित, ४४ निको, ३ जना आइसोलेसन, बढैयाताल गाउँपालिकामा ७९ जना संक्रमितमध्ये ६७ जना निको भएका र १२ जना आइसोलेसनमा रहेको जनाइएको छ । गेरुवा गाउँपालिकामा ३३ जना संक्रमितमध्ये सबैजना कोरोना जितेर फर्किएका छन् । बर्दियामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु भएको गिरीले बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: