
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । यातायात व्यवसायीहरुले विदेशबाट उद्धार गरी ल्याइएका नागरिहरुलाई होल्डिङ सेन्टरबाट घर पठाउने नाममा ठग्ने क्रम बढेको आरोप लगाएका छन । विदेशबाट उद्धार गरी ल्याइएका नेपाली नागरिकलाई होल्डिङबाट घर पठाउने क्रममा गाडी भाडमा ठगी भएको उनीहरुले आरोप लगाएका छन । सार्वजनिक यातायात केन्द्रिय महासंघका वरिष्ठ उपाध्यक्ष किरण कुमार रिजालले अमुख व्यक्तिहरुले सेटिङमा यात्रुलाई ओसार्ने काम गरिरहेको बताउनुभयो ।
आफ्ना मागहरु सम्बोधन नभए गाडी सडकमा उतारेर आन्दोलनमा उत्रिने उहाँले बताउनुभयो । संक्रमण भए/नभएको एकिन गरी होल्डिङ सेन्टरबाट गन्तव्यमा पु¥याउने गरी वैज्ञानिक व्यवस्थापन हुनुपर्ने महासंघको माग छ । वास्तविक व्यवसायीहरुलाई वैज्ञानिक तरिकाले गाडी शुल्क पाउनुपर्ने र यात्रुलाई ठगीनबाट रोक्नुपर्ने उहाँले बताउनुभयो ।
यसैबीच नेपाल राष्ट्रिय प्रगतिशिल यातायात श्रमिक संगठनले पनि होल्डिङ सेन्टरबाट यात्रुहरुलाई गन्तव्यमा पु¥याउने जिम्मा यातायात व्यवसायीलाई दिनुपर्ने माग गरेको छ । सोही मागसहित ज्ञापन पत्र बुझाउन संगठनका पदाधिकारी गएपनि होल्डिङ सेन्टरबाट ज्ञापन पत्र नबुझेको अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिनुभयो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्