
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्वास्थ्य मन्त्रालयको मातहतमा रहेको ल्याबहरुमा गरिएको पीसीआर परिक्षणलाई मात्र बिमा समितिले मान्यता दिने भएको छ ।
कोरोना बिमाको नयाँ मापदण्ड बनाउँदै समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने बताएको हो । यो मापदण्ड लागू भए निजी ल्याबमा परीक्षण गरेर पोजेटिभ आएकाहरुले बिमा दावी भुक्तानी पाउने छैनन् ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने निजी ल्याबको रिपोर्ट ‘फेक’ हुने गरेको उजुरी आएपछि यस्तो निर्णय लिएको हो । यसका विषयमा आगामी आइतबार वा सोमबार थप छलफल छलफल गरेर नयाँ निर्णय गर्न सकिने उनले बताए ।
अहिलेसम्म १२ लाखभन्दा धेरैले कोभिड बिमा गराइसकेका छन् । जसमा ६ सय जनाको मात्रै दावी भुक्तानी परेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्