×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निजी ल्याबको रिपोर्टबाट कोरोना बिमाको भुक्तानी नपाइने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

निजी ल्याबको रिपोर्टबाट कोरोना बिमाको भुक्तानी नपाइने

१९ भाद्र २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । स्वास्थ्य मन्त्रालयको मातहतमा रहेको ल्याबहरुमा गरिएको पीसीआर परिक्षणलाई मात्र बिमा समितिले मान्यता दिने भएको छ । 
कोरोना बिमाको नयाँ मापदण्ड बनाउँदै समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने बताएको हो । यो मापदण्ड लागू भए निजी ल्याबमा परीक्षण गरेर पोजेटिभ आएकाहरुले बिमा दावी भुक्तानी पाउने छैनन् ।
बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने निजी ल्याबको रिपोर्ट ‘फेक’ हुने गरेको उजुरी आएपछि यस्तो निर्णय लिएको हो । यसका विषयमा आगामी आइतबार वा सोमबार थप छलफल छलफल गरेर नयाँ निर्णय गर्न सकिने उनले बताए ।
अहिलेसम्म १२ लाखभन्दा धेरैले कोभिड बिमा गराइसकेका छन् । जसमा ६ सय जनाको मात्रै दावी भुक्तानी परेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: