Skip to content
LAXMI SUNRISE BANK

विदेशबाट आएकाहरुले ३० दिनपछि कोरोना बिमा गर्न पाइने

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । विदेशबाट फर्केकाहरुले पनि अब ३० दिन पछि कोरोना बिमा गर्न सक्ने छन् । बिमा समितिले कोरोना बिमा मापदण्ड संसोधन गर्ने क्रममा नेपालभित्र बसोबास गरेको अवस्थामा मात्रै यो बिमालेख लागू हुने बनाएको हो । यदि बिमित नेपालबाहिर रहेको अवस्थामा बिमालेख निस्कृय हुनेछ। 
विदेशबाट नेपाल पुनः फर्केको अवस्थामा नेपाल प्रवेश गरेको १५ दिन क्वारेन्टाइनमा बसी १५ दिन परिवारमा बसेपछि ३० दिनपछि बिमा अवधि समाप्त हुने समयसम्मका लागि बिमालेख स्वतः पुनर्जागरण हुने मापदण्डमा उल्लेख छ। त्यस्तै एक पटक कोरोना बिमाको दाबी पाएको बिमितको पुनः बिमा नहुने समितिले जनाएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

GARIMA BIKAS BANK