×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरमा पीसीआर परीक्षणका लागि ‘भीटीएम’ किट अभाव, स्वाब सङ्कलनमा समस्या

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भक्तपुरमा पीसीआर परीक्षणका लागि ‘भीटीएम’ किट अभाव, स्वाब सङ्कलनमा समस्या

११ आश्विन २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर । भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण पत्ता लगाउन गरिने परीक्षणका लागि प्रयोग हुने ‘भीटीएम’ किटको अभाव भएको छ । वाग्मती प्रदेशअन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने पीसीआर किट ‘भीटीएम’ को अभावले कोरोना परीक्षण रोकिने अवस्थामा पुगेको जानकारी दिनुभयो ।
वाग्मती प्रदेश सरकारले परीक्षणका लागि ‘भीटीएम’ किट नपठाएपछि स्वाब सङ्कलन नै रोकिने अवस्थामा पुगेको उहाँको भनाइ छ । यसअघि कार्यालयले ल्याएको किट भक्तपुर अस्पताल, सूर्यविनायक, भक्तपुर र चाँगुनारायण नगरपालिकालाई वितरण गरेको तर अब किट दिन सक्ने अवस्थामा नभएको पनि प्रमुख मिजारले बताउनुभयो ।
कोरोना हब अस्पतालको रुपमा रहेको भक्तपुर जिल्ला अस्पतालमा पनि किट अभाव भएको अस्पतालकी मेडिकल सुपरिटेण्डेण्ट डाक्टर सुमित्रा गौतमले जानकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिकाले भने केही दिनअघि मात्रै ४० लाख मूल्य बराबरको ‘भीटीएम’ किट खरिद गरेको छ ।
नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आफ्नै ल्याबमा पीसीआर परीक्षण गर्दै आएकाले आवश्यक किट आफैँले खरिद गरेको अस्पतालका अध्यक्ष एवं नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।- रासस
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी