- अर्थ सरोकार सम्बाददाता
पोखरा । भाटभटेनी सुपरमार्केटमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको छ । पोखरा महानगर न्युरोडमा रहेको शाखामा कार्यरत २४ वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
यस्तै उनीसहित थप १० मा कोरोना देखिएको हो । जसमा पोखराका १० जना र माछापुच्छ्रे गाउँपालिकाका १ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।