
- अर्थ सरोकार सम्बाददाता
भोजपुर । भोजपुरमा थप पाँचजनामा कोरोना भाइरस संक्रमण देखिएको छ । नेपाल प्रहरी, प्रहरी हिरासतमा रहेका थुनुवा र राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीमा संक्रमण फेला परेको हो । कोरोना पुष्टी भएकाहरुमा ३३, २८, २७, ३९ र ४९ वर्षिय पुरुष छन् ।
बैंक कर्मचारीमा संक्रमण देखिएपछि सम्पर्कमा आएकाहरूलाई १४ दिन होम क्वारेन्टाइनमा बसिदिन आग्रह गरिएको छ। संक्रमितको ‘ट्राभल हिस्ट्री’ को आधारमा अन्यको पनि स्वाब परीक्षण गरिने भोजपुरका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले बताए । हालसम्म भोजपुरमा २५ जना संक्रमित भेटिएका छन्। जसमध्ये ६ जना संक्रमणमुक्त भएर घर फर्किएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्