×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

उस्तै छ भूकम्पको त्रास : तर… गुणस्तर फेल भएका जगदम्बा स्टिल्स् र अर्घाखाँची सिमेन्ट विक्री रोकिएन… जनता मारमा !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । विहान ५ बजेर १९ मिनेट जाँदा भूकम्पको धक्का महासुस भएको हो । धेरै पछी यति ठुलो धक्का महसुस भएको हो । भूकम्पले नमज्जासंग हल्लाएपछी मानिसहरुको भागाभागसमेत भएको छ । धेरैपछी काठमाडौँमा यति ठुलो भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्रबिन्दु भइ ६ रेक्टरस्केलको भूकम्प गएको हो।
जगदम्बा स्टिलल्स् र अर्घाखाँची सिमेन्ट प्रयोग गर्नेहरु झनै त्राहिमाम !
केहि समयअघि मात्र जगदम्बा स्टिलस् गुणस्तरहीन भएको भन्दै गुणस्तर तथा नापतौल विभागले उक्त छड विक्री वितरणमा रोक लगाएको छ । पूराना नजिरहरु हेर्ने हो भने सेटिङमा यी छडहरु पुन: विक्रीका लागि उपलब्ध छिट्टै हुनेछन् । यता अर्घाखाँची सिमेन्टपनि पटक पटक गुणस्तर फेल हुँदा पनि उसलाई कारवाही हुन सकेको छैन । जसका कारण भूकम्प जाँदा यी सिमेन्ट र डण्डी प्रयोग गरेकाहरु झन् बढी मारमा पर्ने गरेका छन् ।
भूकम्प गइरहन्छ तर गुणस्तरहीन सिमेन्ट छड बेच्नेलाई कारवाही नै हुँदैन !
यसो त पटक पटक नेपाल गुणस्तर तथा नापतौल विभागले पटक पटक अर्घाखाँची सिमेन्ट गुणस्तरहीन भएको भेटेको छ । तर सिमेन्टलाई कुनै पनि खालको कारवाही भएको छैन । विभागले गुणस्तरहीन सिमेन्ट फिर्ता गर भन्छ तर कम्पनी गर्दैन । कम्पनीको दादागिरीका अगाडी विभाग निरीह हुन्छ । कुरा सकिन्छ । अनि जनता मारमा पर्छन् तर कसैलाई मतलव नै हुँदैन ।          
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: