×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोरोनाका नाममा मोटाएकाहरुको कथा- १ : ‘बिधल्याबका नाममा खुलेआम गैरकानुनी धन्दाको प्रचार, सरकार मौन !

  • अर्थ सरोकार सम्बाददाता 
‘कोरोना चेक गर्न पिसिआरको दायरा बढाउनुपर्ने माग भइरहेको अवस्थामा हाम्रो काठमान्डौ सामाखुसीमा रहेको ‘प्रफेक्ट डाइनोस्टिक सेन्टर प्रा.ली.’ ले कुपण्डोलको विधि ल्याव संगको सहकार्यमा भोलि भाद्र ४ गतेदेखि सरकारी दररेटमा पि. सि. आर. टेष्ट गर्न गइरहेको सहर्ष जानकारी गराउंदै, कोहि कसैले व्यक्तिगत तथा संस्थागत रुपमा PCR चेक गर्नुपरेमा हामिलाई निम्न टेलिफोन न. हरुमा सम्पर्क गर्नु हुन अनुरोध छ । PCR को रिजल्ट ४ घण्टामा र रिपोर्ट भोलिपल्ट विहान उपलब्ध गराउने वाचा गर्दै सेवा गर्ने मौका दिनु हुनेछ भन्ने पुर्ण विश्वसमा छौ । सम्पर्क नं. हरु: भेष के सि ९८५११४५१८८, पुजा चौधरी ९८४१९८५६७०, नरेन्द्र ऐर ९८४००१६५३२, विर बहादुर कडायत ९८५१०७४५२३, धिरज शाह ९८४११९८५१३, रमेश सोडारी ९८४१९५१४११, कटक गिरि ९८६०५८६९३४, श्री कृष्ण अर्याल ९८०१०८३४३५, दिपेन्द्र बुढा ९८५११२२५९६ र रुपेश बोहरा ९८५१०९२२८७’
गत भाद्र ३ गते विभिन्न व्यक्तिहरुलाई ट्याग गरेर भेष केसीले आफ्नो फेसबुकमा भ्रमपूर्ण स्ट्याटस हो यो ।  पीसीआर टेष्ट गर्ने कुनै पनि मान्यता नपाएको उक्त सेन्टरले गररहेको यो गैरकानुनी धन्दाकाबारे अझैपनि कोहि पनि बोलेको छैन । विधल्याबलाई सरकारले दिएको लाइसेन्स भनेको आफ्नो ल्याबका लागि मात्र हो । उक्त कम्पनीले सहकार्यका नाममा अन्यत्र पीसीआर संकलन गर्न नपाउने स्पष्ट व्यवस्था छ । तर विधल्याबसँगको सहकार्यका नाममा सामाखुसीमा रहेको प्रफेक्ट डायगनोष्टिक सेन्टर प्रालिले पीसीआर संकलन गरेर गैरकानुनी धन्दा चलाईरहेको स्पष्ट देखिंदा पनि कारवाही नभएको भन्दै त्यहाँका स्थानीयहरु सरकारसँग नै रुष्ट भएका छन् । यसरी सरकारले कुनै पनि मान्यता नदिएको कम्पनीले पीसीआर टेष्टका काम गरेको सूचनाका आधारमा पछिल्लो समय बीमा समिति नीजी कम्पनीहरुको परिक्षणलाई मान्यता नदिने निष्कर्षमा पुगेको छ । यस्ता केन्द्रहरुको रिपोर्टमा विश्वास नहुने भन्दै समितिले सरकारी प्रयोगशालाहरुमा परिक्षण गर्दामात्र बीमाको दाबी भुक्तानी दिनु भन्ने सर्कुलर जारी गरिसकेको छ ।
विधल्याबका नाममा खुलेआम ठगी !
पछिल्लो समय कोरोना कहरलाई ठुलै व्यवसाय बनाएको विधल्याबले कोरोना परिक्षण गर्नका लागि विज्ञापन नै गरेर आह्वान गरिरहेको छ । यसो त उसले निश्चित ल्याबका लागि मात्र लाइसेन्स पाएको छ भने उसले घरघरमा गएर वा अन्यत्र गएर स्वाब संकलन गर्न पनि पाउँदैन । तर सरकारको यो नियमलाई ‘धोती लगाएर’ उसको नामको गलत प्रचार हुँदा पनि बिधल्याब केहि पनि बोलेको छैन । बिधल्याबको यो मौनताले यो गैरकानुनी धन्दामा खुलेआम उसले व्यापार गरिरहेको पुष्टी हुने जानकारहरुको ठम्याई छ । यसो त केहि स्थानीयहरुले उक्त प्रफेक्ट डायग्नोष्टिक सेन्टरकै माध्यमबाट आफुले कोरोना परिक्षण गराएको दाबी गर्दै आएका छन् । 
चिनजानका आधारमा आफुले परिक्षण गराएकाले आफ्नो नाम उल्लेख नगर्ने सर्त राखेर अर्थ सरोकारको सम्पर्कमा आएका सामाखुसीकै एक स्थानीय भन्छन्, ‘भेषजीको स्ट्याटस हेरेपछि मैले सोहि ठाउँमा गएर स्वाब दिएको हुँ । रिजल्ट नेगेटिभ आयो । पछि बुझ्दा त यो ल्याबले कानुनी मान्यता नै नपाउने रहेछ । पोजेटिभ आएको भने बीमा भुक्तानी पनि नपाइने रहेछ । भेष जी आफ्नै साथी भएकाले मैले केहि पनि भनिन । तर अझै पनि उहाँलाई वा सो सेन्टरका कसैलाई भनियो भने पीसीआर परिक्षण भइरहेको छ । त्यो पनि सरकारी नियम विपरित ।’ 
‘प्रफेक्टलाई मान्यता छैन, विधल्याबले पनि कसैसँग सहकार्य गर्न मिल्दैन’: स्वास्थ्यमन्त्रालय 
यता स्वास्थ्य मन्त्रालयले पनि प्रफेक्टले गरेको काम गैरकानुनी भएको स्पष्ट पारेको छ । ‘तपाईंले भनेजस्तो विधल्याबले सहकार्य वा अरु केहिका नाममा अन्यत्र ठाउँबाट स्वाब संकलन गरिरहेको छ भने त्यो सरासर नियम विपरित हो । यस्तो काम गर्नेलाई कानुन अनुसार कारवाही हुन्छ ।’ स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘म प्रवक्ता नभएका कारण मैले धेरै कुरा भन्न मिल्दैन । तर प्रचार नै गरेर विध ल्याबले जे गरिरहेको छ, त्यो पनि ठिक छैन । विधल्याबकै कारण अहिले निजी ल्याबहरु प्रतिको दृष्टिकोण नै गलत भएको छ । बीमा समितिले त अझ यस्ता ठाउँमा गरिएका परिक्षणलाई मान्यता दिन्नौं भनिसकेको छ । अझ सहकार्य वा कुनै नाममा गरिएका काम त ठाडै बदमासी हुन् ।’
भ्रमपूर्ण स्ट्याटस राख्ने भेष केसीका उल्टै कुरा ठुला
यस विषयमा बुझ्न हामीले सहकार्य भन्दै फेसबुकमा गलत प्रचार गर्ने भेष केसीलाई फोन गरेका थियौं । ‘तपाईंहरुले त गैरकानुनी काम गरिरहनुभएको छ नि !’ भन्ने हाम्रो प्रश्नमा उनले उत्तर दिए, ‘गर्ने भनेको त हो, पछि गरिएन ।’ ‘तपाईंले अझै पनि फेसबुकमा गलत प्रचार गरिरहनुभएको छ नि ?’ भन्ने हाम्रो प्रश्नमा उनले उल्टै ठुला कुरा गर्दै भने, ‘कहिले लेखेको छ त्यो स्ट्याटस भन्ने पनि हेरौं न ।’ ‘अनि गलत नै भएपछी किन नहटाएको त ?’ हाम्रो प्रश्न सुन्ने बित्तिकै उनले फोन काटे ।
अव प्रश्न उठ्छ यदी उक्त सेन्टरले यो काम नगरेको भए स्वाब संकलन गर्ने किटहरु राखेर केको प्रचार गर्न खोजिएको थियो ? उक्त सेन्टरबाट केहिको स्वाब संकलन पनि गरिएको छ । त्यसको आधिकारिकता के ? उक्त परिक्षणले मान्यता पायो ? कि पाएन ? सरकारले यस्तो गलत काम गर्नेलाई किन कारवाही गर्दैन ?
अर्को प्रश्न पनि सँगसँगै उठेको छ । गलत धन्दा हो भन्ने थाहा पाएका भेष केसीले उक्त स्ट्याटस किन दिलित गरेनन् ? राज्य संयन्त्रमाथि ठाडो चुनौती दिने केसीलाई कसले संरक्षण गरको छ ?
विधल्याबका संचालक बिके भण्डारी भन्छन्- प्रफेक्ट भन्ने सेन्टर थाहा नै छैन, हाम्रो कुनै सहकार्य छैन
यता बिधल्याबका संचालक भने प्रफेक्ट नाम गरेको कुनै पनि ल्याबसँग वा कुनै पनि कम्पनीसँग आफुले सहकार्य नगरेको दाबी गर्छन् । ‘हामीले अस्पतालसँग सहकार्य गरेका छौं । अरु ल्याबसँग छैन । यो प्रफेक्ट भन्ने त कहाँ छ भन्ने पनि थाहा छैन ।’ संचालक बिके भण्डारीले अर्थ सरोकार डटकमसँग भने, ‘हाम्रो नाम जोडिनु सरासर गलत भयो । हामीले अन्यत्रबाट स्वाब संकलन गरेका छैनौँ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: