- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेललाई कोरोना संक्रमण पुष्टी भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षण गर्न शनिबार स्वाब दिएका उनको रिपोर्ट आइतबार पोजेटिभ आएको हो । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले प्रमुख प्रशासकीय अधिकृत पोखरेललाई संक्रमण पुष्टि भएको जानकारी दिए ।
पोखरेलको रिपोर्ट पोजेटिभ आएपछि महानगरका अधिकांश कर्मचारी ‘होम क्वारेन्टाइन ‘मा बसेका छन् । प्रमुख प्रशासकीयको सम्पर्कमा रहेकाको पीसीआर परीक्षणको तयारी भइरहेको मेयर भीम पराजुलीले बताए ।
सोमबारबाट कार्यालयको अत्यावश्यकबाहेकका सेवा पाँच दिन बन्द गरिने जानकारी उनले दिए । यसअघि विराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष मीनकुमार आचार्य र विराटनगर–२ का वडा अध्यक्ष कुमार पोखरेलमा कोरोना पुष्टि भइसकेको छ ।
हालसम्म विराटनगर महानगरभित्र एक हजार तीन सय ६४ जनालाई संक्रमण पुष्टि भइसकेको छ । १७ जना संक्रमितको मृत्यु भइसकेको छ । तीन सय ५० जना उपचारपछि डिस्चार्ज हुँदै कोरोना मुक्त भइसकेका छन् । प्रदेश १ को राजधानी विराटनगर प्रदेशमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्