×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

वीरगञ्जमा कोरोना संक्रमित महिलाको मृत्यु, मृत्यु हुनेको संख्या ६२ पुग्यो !

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । कोरोना संक्रमणबाट बाराका एक जनाको मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 
उनको सोमबार साँझ ७ः१५ बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले बताए । मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनलाई सोमबार नै उक्त अस्पतालमा भर्ना गरिएको थियो ।
जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टी भएको थियो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२ पुगेको छ । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: