×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

PRIME CA

पर्सामा थप २४ जनामा कोरोना संक्रमण पुष्टी, कति पुग्यो संक्रमितको संख्या ?

१३ आश्विन २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 

पर्सा । पर्सामा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टी भएको हो । 
अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले सोमबार राती १९२ जनाको स्वाब परीक्षण गरिएको थियो । जसमा पर्साका १ महिलासहित २४ जनामा संक्रमण पुष्टी भएको हो । वीरगन्ज महानगरपालिका ३२ का ८ जना, वडा नम्बर २१ का ५ जना र कालिकामाई गाउँपालिकाका ५ जना रहेका छन् । 
यस्तै सोही महानगरपालिकाकै २९ का २ जना, १५ र १६ का १/१ जना, ठोरी गाउँपालिका ५ सुवर्णपुरका १ जना र वीरगन्जको एभरेष्ट बैंकमा कार्यरत १ जना कर्मचारीमा पनि संक्रमण भेटिएको हो । संक्रमितको कुल संख्या २ हजार ७ सय ३४ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: