×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्सा र बारामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

LAXMI SUNSIRE
GLOBAL IME BANK

पर्सा र बारामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टी, आइसोलेसनमा उपचार हुँदै

Artha Sarokar

१७ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
वीरगञ्ज । वीरगञ्जमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टी भएको हो । प्रयोगशालामा ४ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । 
पर्साका १३ र बाराका ५० जना संक्रमित छन् । गण्डक अस्पतालबाट पठाइएको एउटा स्वाब नमुनाको पीसीआर परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको डाक्टर चौरसियाले बताए । यसअघि पर्सामा ४ सय ९३ जना महिलासहित २ हजार २ सय ११ जनामा संक्रमण पुष्टी भइसकेको छ । संक्रमितहरुको आइसोलेसनमा उपचार भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी