
- अर्थ सरोकार सम्बाददाता
विराटनगर । विराटनगर महानगरपालिका–१० शान्ति टोलको बीकेएम मसला उद्योगलाई २ लाख रुपियाँ जरिवाना गरिएको छ । वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले महँगो मुल्यमा बेच्ने उक्त उद्योगलाई २ लाख रुपियाँ जरिवाना गरेको हो ।
अनुगमनका क्रममा ४ सय ५० रुपियाँ प्रतिकिलो पर्ने गरम मसलाको मूल्य १ हजार २ सय रुपियाँमा बिक्री भइरहेको पाइएपछि वाणिज्य कार्यालयको अनुगमन टोलीले जरिवाना तोकेको वाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।
गरम मसलाको मूल्य १ सय ५० प्रतिशतभन्दा बढी वृद्धि गरिएपछि उपभोक्ता संरक्षण ऐन–२०७५ अनुसार ३० प्रतिशतभन्दा बढी मूल्य लिएमा २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिवाना लाग्ने कानुनी प्रावधान छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्