×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल बैंकले असोज १९ मा बोलायो विशेष साधारणसभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल बैंकले असोज १९ मा बोलायो विशेष साधारणसभा, यस्ता छन् पेश गरिने प्रस्तावहरु

Artha Sarokar

२ आश्विन २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल बैंकले विशेष साधारणसभा असोज १९ गते बोलाएको छ । उक्त सभा बैंकको प्रधान कार्यालय धर्मपथ काठमाडौंमा बिहान ११ बजे जुमको माध्यमबाट सुरु हुनेछ । सभा प्रयोजनको लागि  बैंकले असोज ८ गते बुक क्लोज गर्ने भएको छ ।
बैंकले नेपाल सरकारबाट प्रतिनिधित्व गर्ने सञ्चालकको संख्या ४ बाट घटाएर ३ बनाउने विशेष प्रस्ताव पेश गर्न विशेष सभा बोलाइएको हो । सरकारको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक घटेपछि सर्वसाधारण सेयरधनीले प्रतिनिधित्व गर्ने सञ्चालक संख्या बढ्नेछ ।
हाल सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालक रहेकामा अब बढाएर ३ जना पुर्याइएनेछ । बैंकको प्रबन्धपत्र र नियमावलीलाई समयानुकूल अद्यावधिक गर्नुपर्ने भएकाले सोही अनुसार प्रस्ताव पेश गर्ने भएको छ । त्यसका लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने एजेन्डा पनि छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी