
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । सोमबारदेखि निजी एयरलाइन्स बुद्ध एयरले उडान भर्ने भएको छ । ६ महिनापछि बुद्ध एयरले १२ स्थानमा उडान भर्न लागेको हो ।
सोमबारदेखि आन्तरिक उडान नियमति रुपमा सञ्चालन हुने भएपछि नीजि क्षेत्रको बुद्ध एयरले सबै तयारी सकिएको जनाएको छ । लकडाउनकै अवधिमा स्वास्थ्य प्रोटोकल कायम गरेर उडान गर्नेबारे आन्तरिक तयारीमा जुटेको बुद्धले नियमित उडानका लागि सबै तयारी सकिएको जनाएको छ ।
बुद्धले विराटनगर–पोखरा, काठमाडौँ–विराटनगर, काठमाडौँ–भरतपूर, काठमाडौँ–भद्रपूर, काठमाडौँ–भैरहवा र काठमाडौँ–नेपालगञ्ज उडान गर्दै आएको थियो । यस्तै काठमाडौँ–धनगढी, काठमाडौँ–सुर्खेत, काठमाडौँ–जनकपूर र काठमाडौँ–सिमरा पनि बुद्धले उडान गर्दै आएको छ । यसबाहेक पोखरा–भैरहवा र पोखरा–भरतपूरको उडान पनि बुद्धले गर्दै आएको छ । तत्काल राजविराजमा भने उडान नगर्ने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्