
- अर्थ सरोकार सम्बददाता
काठमाडौँ । बैंक अफ काठमाण्डू (बिओके) का सञ्चालक समितिका एक सदस्यले बैंकविरुद्ध उच्च अदालतमा उजुरी दिएका छन् । सञ्चालक डा. हेमराज सुवेदीले बैंकविरुद्ध उच्च अदालतमा उजुरी दिएका हुन् । ऋण एन्ट्रेस्टमा हाबी भएको आरोपमा उनलाई समितिको बैठकमा लामो समयसम्म पनि उपस्थित हुन नदीइएपछी उनले उजुरी दिएका हुन् ।
सुवेदी गत २०७५ कात्तिक १३ गतेयता भएका बैठकहरुमा सहभागी भएका छैनन् । यसो त उनी २०७३ चैत ३ गते भएको बैंकको साधारणसभामा सर्वसाधारणका तर्फबाट ४ वर्षका लागि सञ्चालक सदस्यमा निर्वाचित भएका थिए । उजुरीमाथि असोज ४ गतेको पेसी ८ गतेका लागि सरेको छ ।
बैंकले ऋणमा स्वार्थ बाझिएको आरोप उनीमाथि लगाएको छ । सो सम्बन्धमा राष्ट्र बैंकको निरीक्षण टोलीले २०७५ असोज २९ गते स्थलगत निरीक्षण गरेर थियो । राष्ट्र बैंकले गरेको निरिक्षण प्रतिवेदनमा ऋणमा स्वार्थ बाझिएको उल्लेख गरिएको थियो । तर सुवेदी भने संचालक हुनु अगाडीनै सेयर किनेको र किनेको केहि समयमै बिक्री गरेको बताउँछन् ।
ऋणी कम्पनीको सेयर २०६५ पुस २० गते किनेको र २०६६ असार २९ गते नै बिक्री गरी कम्पनीबाट अलग्गिएको सुवेदीको भनाई छ । उनी भन्छन् ‘राष्ट्र बैंकलेसमेत यो कुराको सत्यतथ्य बुझ्न खोजेन ।’ यसो त् उनले यस सम्बन्धमा सत्यतथ्य खुलाई राष्ट्र बैंकमा निवेदन दर्ता गरेको लामो समय भएको छ । तर राष्ट्र बैंकबाट कुनै प्रतिक्रिया नआएपछीइ अदालतमा उजुरी गरेको सुवेदीको भनाइ छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्