×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूभित्र यस्तोसम्म हुँदो रहेछ… ‘एसम्यान’ बन्न नसक्दा यसरी निकालिए पुष्पराज भण्डारी…

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बैंक अफ काठमाण्डूभित्र यस्तोसम्म हुँदो रहेछ… ‘एसम्यान’ बन्न नसक्दा यसरी निकालिए पुष्पराज भण्डारी…

३१ भाद्र २०७७, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । मर्जरका कारण निम्तिएको ‘टसल’पछि आफ्नै पूर्व सीइओलाई जेल पठाउने प्रपन्च रचेको आरोप लागेको बैंक, बैंक अफ काठमाण्डूभित्र ‘एसम्यान’ बन्न नसक्दा सिनियरहरुको जागिर जाने गरेको रहस्य खुलेको छ । बैंकले उच्च तहमा रहेका पुष्प भण्डारीलाई बैंकबाट घुमाउरो पाराले निकालेपछि यस्तो रहस्य खुलेको हो । बैंकका तेश्रो बरियतामा काम गरिरहेका भण्डारीलाई एसम्यान नभएकै कारण बैंकको कर्णाली प्रदेशको प्रमुख बनाएर सरुवा गरिएको थियो । बैंक अफ काठमाण्डूको तेश्रो बरियताको मान्छेलाई बदनियत राखेर कर्णाली पठाइएको भन्दै उनलाई धेरै अग्रजहरुले पनि हेपाइ सहेर नबस्न, बरु बैंकनै छोड्न सुझाएका थिए । त्यसपछि उनले बैंक छोडेका हुन् । यसभन्दा अघि अजय श्रेष्ठ पक्राउ प्रकरणमा उनीसमेत पक्राउ परेका थिए । अजय श्रेष्ठ, पुष्पराज भण्डारी, लगायतकालाई बैंकका अहिलेका सीइओ शोभनदेव पन्तले जानीजानी फसाएको आरोप लाग्दै गर्दा उनले भने आफुहरुले आफ्नो कर्तव्यमात्र निर्वाह गरेको दाबी गरेका थिए । अहिले उक्त मुद्धा अदालतमा चलिरहेको छ । 
https://arthasarokar.com/2020/01/Bank-of-Kathmandu.html
‘एसम्यान’ बन्न नसक्दा यसरी निकालिए पुष्पराज भण्डारी 
पुष्पराज भण्डारी निकै राम्रा गनिएका बैंकर हुन् । तर मर्जरको टसलसँगै उनलाई बैंकका सीइओले रुचाउँदैनथिए । अर्कोतर्फ बैंकभित्रका केहि खबर बाहिर आउनेबित्तिकै बैंकभित्रबाट उक्त कम पुष्प राज भण्डारीले नै गराएको भन्दै रिपोर्ट पुर्याउने झुण्ड पनि बैंकमा थियो । सो झुण्ड अहिलेपनि सक्रिय छ । सीइओको नजिकको मान्छे बन्ने र भित्र भित्रै बैंकलाई खोक्रो बनाउने उक्त झुण्डले पन्तलाई भण्डारीका बारेमा निरन्तर गलत रिपोर्ट दिंदै गर्दा पन्त पनि भण्डारीसँग रुष्ट भएका थिए । अन्तत: बैंकभित्रको त्यहि ‘कुरौटे’ झुण्डको पछि लागेर बैंकका सीइओ शोभनदेव पन्तले पुष्पराज भण्डारीलाई मोफसल सरुवा गराएका थिए । बैंककै तेश्रो बरियतामा काम गरिरहेका व्यक्तिलाई एक्कासी कर्णाली सरुवा गर्नुको उद्देश्य पनि उनले बैंक छोडुन् भन्ने नै थियो । अन्तत: सार्है हेपाइ प्रवृति हावी भएपछि भण्डारीले बैंक छोडेका हुन्।
https://arthasarokar.com/2020/03/BOK-Followup.html
अजय श्रेष्ठ प्रकरणपछि झन् हेप्न थालिएको थियो भण्डारीलाई 
सीआइबीले ‘हामीकहाँ मुद्धा नल्याउनुहोस्, मुद्धा ल्याए सबैलाई समाउनुपर्छ, बरु आफैं पहिला अनुसन्धान गर्नुहोस्’ भन्दा भन्दै अनुसन्धान सुरु नै नगरी अजय श्रेष्ठलगायतका विरुद्ध बैंक सीआइबी गएको थियो । त्यसपछि बैंकले बैंकका पूर्व सीइओ अजय श्रेष्ठसहित पुष्पराज भण्डारी लगायतलाई पक्राउ गरेको थियो । पछि उनीहरु धरौटीमा रिहा भएका थिए । रिहा भएपछी पनि बैंकले भण्डारीलाई निकै पेलिरहेको थियो । जिम्मेवारी कम दिने, तर काम बिग्रिदा दोष दिने प्रवृतिले भण्डारी पनि सोच्न बाध्य भइसकेका थिए । तर जेलबाट छुटेर आउँदा पनि बैंक नछोडेको भन्दै उनलाई बैंकबाट निकाल्न बैंकको उच्च व्यवस्थापनले सरुवाको अस्त्र फालेको थियो । अन्तत: उनले केहि सीप नलागेपछि बैंक छोडेका हुन्। 
https://arthasarokar.com/2020/02/BOK.html
के भन्छन् बैंकका सीइओ पन्त ?
यस विषयमा बैंकका सीइओ शोभनदेव पन्तको धारणा लिन हामीले उनलाई फोन गरेका थियौं । तर उनले हाम्रो फोन नै उठाएनन् ।  यद्यपी उनले अजय श्रेष्ठलाई आफुले फसाएको भन्ने आरोपको पटक पटक खण्डन गर्ने गरेका छन् । उनले आफुले बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुको कर्तव्यमात्र निर्वाह गरेको बताएका छन् ।   
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: